समाचारबुधबार, माघ २८, २०७१

“एमाअाेवादी माेर्चा बार्तामा अाउछ भने प्रश्नावली समितिकाे काम केही दिन राेक्न सकिन्छ”

हिमालखबर

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले एमाओवादीले संविधानसभा विघठनको माग गर्ने नेकपा–माओवादीसँग साँठगाँठ गरेकाले सहमति हुन नसकेकाे बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालकाे कार्यक्रममा ढुंगानाले भने, “कांग्रेस र एमालेसहितले प्रस्ताव गरेकाे नौ बुँदे प्रस्तावलाई महेन्द्रपथ भन्नेले संविधानसभा विघठनको माग गर्ने नेकपा–माओवादीसँग साँठगाँठ गर्नुलाई के भन्ने ?”

उनले प्रधानमन्त्रीले सहमतिका लागि लिखित आब्हान गर्दा पनि वार्तामा नआएकोमा असन्तुष्टी ब्यक्त गरे ।

नेकपा एमालेका सचिव याेगेश भट्टराईले एमाअाेवादी माेर्चा सहमतिका लागि तयार हुने हाे भने प्रश्नावली समितिकाे काम केही दिन स्थगित गर्न सकिने बताएका छन् ।

भट्टराईले भने, “सहमतिको लागि केही दिन सम्म प्रश्नावली समितिको काम स्थगन हुन सक्छ । तर एमाओवादीले भने जस्तो समिति खारेज हुन भने सक्दैन ।”

उनले सहमतिमा नआएर यसरी नै अघि बढिरहे प्रक्रिया अघि बढ्ने बताए । एमाअाेवादी र मधेसी मोर्चाहरु बार्तामा पनि नआउने र संविधानसभा पनि बहिस्कार गरिरहने हो भने उनीहरुलाई कुरेर बसिरहन नसने भट्टराईले बताए ।

एमाअाेवादीका नेता लिलामणी पोख्रेलले प्रश्नावली समिति खारेज गरेर १२ बुँदे सम्झौता, अन्तरिम संविधान र अहिलेसम्मका आन्दोलनका उपलब्धि अनुसार संविधान जारी गर्ने प्रतिबद्धता नआएसम्म बार्तामा नबस्ने स्पष्ट पारे ।

उनले शान्ति प्रक्रियाको एक अंग एमाओवादीलाई छाडेर अघि बढ्न नमिल्ने स्पष्ट पार्दै सत्तापक्षले आफ्नो निर्णयमा पुर्नविचार गर्नैपर्ने बताए । उनले भने–‘सत्तापक्षले प्रक्रियाको निर्णय पूर्नविचार नगरे हामी वार्तामा बस्दैनौ ।’ उनले वार्ता त्याग्नै मूर्खता सत्तापक्षबाटै भएकाले प्रक्रिया नरोकिए वार्ता नुहने र आफूहरुले घोषणा गरेको आन्दोलन पनि फिर्ता नहुने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>