समाचारबुधबार, माघ २८, २०७१

दलहरु मिलेर मात्रै संविधान अाउछ: भट्टराई

हिमालखबर

एमाअाेवादी नेता बाबुराम भट्टराईले बाह्रबुँदे समझदारीका सहयात्री दलहरूबीच सहमति हुन नसके संविधान बन्न नसक्ने बताएका छन् ।

कञ्चनपुरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै नेता भट्टराईले भने, “नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसवादी शक्तिबीच सहमति नभएसम्म संविधानको कल्पना गर्न सकिँदैन ।”

उनले भने, “बाह्रुे बुँदे र शान्ति सम्झौताका पक्षधरलाई पन्छाएर संविधान जारी गर्न कांग्रेस–एमाले नेतृत्व उद्यत रहेको आरोप लगाउँदै यसबाट मुलुकको हितभन्दा पनि मुलुकमा भाँडभैलो मच्चिने खतरा रहने भयो ।”

सत्तापक्षले संविधानको मस्यौदा मतदानमा लग्ने प्रक्रिया रोके एमाओवादीलगायतको मोर्चा वार्तामा बस्न तयार रहेको नेता भट्टराईको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>