समाचारबिहीबार, माघ २९, २०७१
सहमति नभएसम्म प्रश्नावली समितिकाे काम स्थगित भए वार्तामा आउँछौंः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रश्नावली समितिको प्रक्रिया दलहरुबीच सहमति नभएसम्म स्थगित गर्ने भए वार्तामा बस्न तयार रहेको बताएका छन् ।
उनले २८ माघमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग फोन वार्तामा यस्तो बताएका हुन् ।
नागरिक अगुवाहरुसँगको भेटमा उनले फोन गरेर प्रश्नावली समितिको प्रक्रिया स्थगित गर्न माग गरेका हुन् । दाहालले भने, ‘‘केही दिन होइन, सहमति नभएसम्म प्रश्नावली समितिको काम रोक्ने हो भने वार्तामा बस्छौं ।’’
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सहमतिका लागि १० दिनको समय दिएका छन् ।
