समाचारबिहीबार, माघ २९, २०७१
प्रश्नावली समितिको प्रतिवेदन अनुमोदन
संविधानसभाले प्रश्नावली समितिले पेश गरेको प्रतिवेदन दुई तिहाई मतबाट अनुमोदन गरेको छ ।
समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङले समितिको प्रतिवेदन पेश गरेका हुन् । समितिले दलहरुबीच सहमति नजुटेको भन्दै प्रश्नावली तयार पारेको छ ।
प्रतिवेदन पारित भएपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएको सभासद् विशाल भट्टराईले बताए ।
प्रश्नावली समितिले प्रतिवेदन पारित गर्दा एमाओवादी मोर्चा र राप्रपा नेपालका सभासद्हरु संविधानसभाको बैठकमा अनुपस्थित थिए ।
११ माघमा संविधानसभाबाट बनाइएकाे प्रश्नावली समिति खारेज हुनुपर्ने माग माेर्चा राख्दै अाएकाे छ भने राप्रपा नेपालले अाफ्नाे अजेण्डा प्रश्नावली समितिमा नराखिएकाे भन्दै बैठकमा सहभागी भएनन् ।
