समाचारबिहीबार, माघ २९, २०७१
प्रहरीसँग जुध्न सैन्य दस्ता तयार
एमाओवादी नेतृत्वको मोर्चामा आवद्ध सात साना दलहरुले ‘पहिचानवादी युवा शक्ति’ तयार पारेको छ ।
‘पहिचान’सहितको संघीयताका लागि भएको आन्दोलनलाई दबाउन प्रहरी प्रयोग हुन थालेकाले त्यसको प्रतिकार गर्न सैन्य दस्ता तयार पारिएको खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले बताए ।
उनले भने, ‘‘सात दल मिलेर सैन्य दस्ता घोषणा गरेका छौं, यी दस्तालाई अहिले लौरो दिइएको छ । आवश्यकता अनुसार हतियार तालिम दिने तयारीमा छौं ।’’
मोर्चामा आवद्ध खम्बुवान राष्ट्रिय मोर्चा, सामाजिक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी नेपाल र संघीय लिम्बुवान पार्टी नेपालले संयुक्त रुपमा दस्ता बनाएको हो ।
स्थानीय स्तरसम्म दस्ता निर्माण गरिने निर्णय भएको राईले बताए । उनले भने, ‘‘आन्दोलन दबाउन आउनेहरुसँग जुध्न नै यो स्थायी रुपमा शक्ति निर्माण गरिएको हो ।’’
