समाचारबिहीबार, माघ २९, २०७१

फिफा बरियतामा नेपाल ६ स्थानमाथि

हिमालखबर

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपाल ६ स्थानमाथि उक्लेको छ ।

FIFA 171214.jpgफिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनी १७२९ अङ्कको साथमा पहिलो स्थानमा रहेको छ भने नेपाल ५५ दशमलव ४ अङ्कका साथ १८० औं स्थानमा आइपुगेकोछ । यसअघि डिसेम्बरमा नेपाल ४९ अङ्कका साथ १८६ औँ स्थानमा रहेको थियो ।

दक्षिण एशीयाली मुलुकमा सबैभन्दा माथि रहेको माल्दिभ्स चार स्थान तल झर्दै १३५ औँ स्थानमा पुगेको छ । यस्तै दुई स्थान तल झरी अफगानिस्तान १४४ स्थानमा र ८ स्थान माथि उक्लदै बङ्गलादेश १५७ औँ स्थानमा पुगेको छ ।

यस्तै भारत १७१ औं यथास्थानमा कायमै रहँदा पाकिस्तानले आफूलाई १७ स्थान सुधार्दै भारतसँगको बरियतामा बराबरी गरेको छ । श्रीलङ्का १७३ औं स्थानमा रहँदा बरियतामा एक स्थान तल झरेको छ भने २०९ औं स्थानमा रहेर भुटान विश्वमै सबैभन्दा पुछारमा रहेको छ ।

विश्व च्याम्पीयन जर्मनी शीर्ष स्थानमा कायमै रहँदा क्रमशः अर्जेन्टिना, कोलम्बिया, बेल्जियम, नेदरल्यान्ड, ब्राजिल, पोर्चुगल, फ्रान्स, उरुग्वे र स्पेन दोस्रोदेखि दशौ स्थानसम्म रहेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>