समाचारशुक्रबार, फाल्गुण १, २०७१
दाहालले भने, ‘रोनाधोनाको काम छैन’
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यकर्ताहरुलाई अव रोनाधोनाको काम नहुने बताएका छन् ।
उनले कोटेश्वरमा आयोजित ‘जनयुद्ध’दिवस मनाउने क्रममा माओवादी रोएको देखेर कसैले कठै नभन्ने बताए । उनले भने, ‘‘अव रोनाधोनाको काम छोड्नुहोस् । निराशा त्यागेर विद्रोहको गीत गाउनुहोस् ।’’
दाहाल भन्दा पहिले बेपत्ता परिवारका तर्फबाट बोल्दै रुपा महर्जनले पार्टी बदलिदै गएको भन्दै दुखेसो पोखेकी थिइन् ।
उनीहरुमध्ये एमाओवादीले कोटेश्वरमा, नेकपा–माओवादीले वसन्तपुरमा, नेकपा माओवादीले नाँचघरमार क्रान्तिकारी कम्युनिष्ट पार्टीले नयाँ बानेश्वरमा दिवस मनाए ।
