समाचारशनिबार, फाल्गुण २, २०७१

बाग्लुङ-१ मा २८ चैतमा निर्वाचन हुने

हिमालखबर

निर्वाचन आयोगले आगामी २८ चैतमा बाग्लुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले उपनिर्वाचनका लागि १ चैतमा उम्मेदवारको मनोनयन दर्ता, २ गते उम्मेदवारी दर्ता भएको सूची प्रकाशन, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ४ गते मनोनयनपत्र एवम् उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, ५ गते नामावली प्रकाशन गर्ने र ६ चैतमा उम्मेदवारले नाम फिर्ता लिने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

त्यस्तै ७ चैतमा अन्तिम नामावली प्रकाशन गरी ८ चैतमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र २८ चैत बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको आयोगका सहसचिव सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रिपरिषद्को २९ माघको बैठकले सो क्षेत्रका सभासद् हरिबहादुर खड्काको दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा निर्वाचन गर्नका लागि निर्णय गरेको थियो ।

गत १७ मङ्सीरमा जिप दुर्घटनामा परी घाइते भएका सभासद् खड्काको उपचारका क्रममा निधन भएको थियो ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>