समाचारसोमबार, कार्तिक ६, २०६९
साहित्यकार गोविन्द वर्तमानको निधन
उच्च रक्तचाप र कलेजोको समस्याबाट पीडित वर्तमानको ६ कार्तिक विहान नौ बजे शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।
पायल्सकोसमेत समस्या रहेका वर्तमानको आइतबार पायल्सका कारण अत्यधिक रक्तश्राव भएको थियो ।
काठमाडौको चावहिलमा बस्ने कवि वर्तमान गद्य साहित्यका सशक्त स्रस्टा थिए ।
उनको ६ कार्तिकमै पशुपति आर्यघाटमा अन्त्येष्टी भएको छ । वर्तमानको पार्थिव शरीरमा उनका आठ वर्षीय छोरा अग्रिम अधिकारीले दागबत्ती दिएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
