समाचारशनिबार, फाल्गुण २, २०७१

मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउने, टायर बाल्ने हो ?: अाेली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारकर्मी कुनै पनि दलको हतियार बन्न नहुने बताएका छन् ।

मानवअधिकार एलाइन्सको चौथो राष्ट्रिय महाधिवेशनको यहाँ उद्घाटन गर्दै उनले मानवअधिकार भनेको मानवीय हितका लागि हुनाले राजनीतिक पार्टी र दलको हतियार बन्न नहुनेमा जोड दिए ।

अध्यक्ष ओलीले भने, “मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउने, गाडी तोडफोड गर्ने, सडकमा टायर बाल्ने हो ? मैले भनेको मान्ने भए मानवअधिकार, हैन भने छैन मानवअधिकार भन्ने त्यस्ता मानवअधिकारवादी संस्था डुब्लिकेट हुन् ।”

मानवअधिकार आन्दोलन लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्नेमा जोड दिँदै उनले दमन र अत्याचार विरुद्ध लड्न अधिकारकर्मी र त्यस्ता संस्था मानवअधिकारको आन्दोलनमा बहकिनु नहुने विचार व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>