समाचारआइतबार, फाल्गुण ३, २०७१
एक महीनाभित्र सहमति: मन्त्री अाचार्य
वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले राजनीतिक दलबीच संविधानका अन्तर्वस्तुमा मतमतान्तर भएपनि एक महिनाभित्र सबै विवादित विषयमा सहमति हुने दाबी गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयले गरेकाे क्षेत्रीय योजना तर्जुमा गोष्ठीमा उनले नयाँ संविधान बन्छ कि बन्दैन भन्ने द्विविधा नराख्न सबैसँग आग्रह गरे ।
जलविद्युत् क्षेत्रमा लगानीका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताको उत्साहजनक सहभागिता आएको विचार व्यक्त गर्दै मन्त्री आचार्यले नयाँ संविधान बनेपछि देशमा लगानीको वातावरण बन्ने र देशले विकासको फड्को मार्ने बताए ।
