समाचारआइतबार, फाल्गुण ३, २०७१
दाहालकाे दावी: अन्तर्राष्ट्रिय जगतले हाम्राे अान्दाेलनलाई साथ दिएकाे छ
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले अाफ्नाे अान्दाेलनलाई अन्तर्राष्ट्रिय जगतले साथ दिएकाे दाबी गरेका छन् ।
उनले पार्टी कार्यालय काेटेश्वरमा अायाेजित भेलालाई सम्बाेधन गर्दै दाहालले ३० दलीय माेर्चालाई अन्तर्राष्ट्रिय समुदाय र छिमेकी देशले साथ दिएकाे बताए । उनले भने, “जनप्रदर्शन र जनसभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले अत्यन्तै महत्वका साथ हेरेका छन् ।”
दाहालले कांग्रेस र एमालेलाई अान्दाेलनबाट घुडा टेकाउने चेतावी दिए । सहमतिमा संविधान जारी गराउने प्रयत्नमा एमाओवादी र ३० दलीय गठबन्धन लागेको भए पनि विश्वासिलो आधार तयार नभई वार्ता र संवाद पनि अगाडि बढ्न नसक्ने उनले बताए ।
