समाचारसोमबार, फाल्गुण ४, २०७१
एमाओवादी र मेधशी मोर्चा छुट्दैछन्ः अग्नि खरेल
एमालेका मुख्य सचेतक अग्नी खरेलले अब बन्ने संविधानमा एमाओवादी र उसको नेतृत्वमा रहेको मोर्चाका अजेन्डा सामेल हुने सम्भावना कम हुँदै गएको बताएका छन् ।
४ माघमा पश्चिम झापाको दमकमा पत्रकररुसँग कुरा गर्दै एमाले सचेतक खरेलले संबिधानसभाको दोस्रो निर्वाचानपछिको राजनीतिक शक्ति सन्तुलनले कांग्रेस र एमालेलाई एमाओवादीका अजेन्डा अस्वीकार गर्न प्रोत्साहित गरेको दाबी गरे । उनले भने, “नयाँ शक्ति सन्तुलनले पनि एमाओवादीका अजेन्डा पूरै मान्न कांग्रेस एमालेलाई रोकेको छ ।”
उनले ‘संविधान सहमतिको दस्ताबेज हो’ भन्ने विश्वासका आधारमा मात्रै अहिलेसम्म पर्खिएको तर, अब पनि एमाओवादी र मधेशी मोर्चा सहमति नआउने हो भने उनीहरु संविधान निर्माणको प्रक्रियामा छुट्न सक्ने चेतावनी दिए ।
संबिधानसभामा ५ माघमा उपद्रो मच्चाएपछि एमाओवादीको मोर्चा कमजोर भएको भन्दै खरेलले संविधानसभाको बैठक स्थगित हुनुलाई मोर्चाले आफ्नो इज्जत जोगाउने अवसरमा लिन आग्रह गरेका थिए ।
गोपाल गडतौला, झापा
