समाचारसोमबार, फाल्गुण ४, २०७१
शाखा अधिकृतको नतिजा सार्वजनिक
लोकसेवा आयोगले एकीकृत परीक्षा अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत तहको परीक्षाफल सार्वजनिक गरेको छ ।
गत २४ माघमा लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । आयोगका अनुसार २० हजार ८१५ जनाले दिएको परीक्षामा २७६१ जना उत्तीर्ण भएका छन् ।
परीक्षा दिएका मध्ये १९९ जनाको परीक्षा रद्द भएको छ । यो पहिलो चरणका परीक्षा उत्तीर्ण गरेकाहरुले दोस्रो चरणको परीक्षा पहिलेकै परीक्षा केन्द्रबाट दिनुपर्नेछ ।
उत्तीर्ण भएकाहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।
