समाचारसोमबार, फाल्गुण ४, २०७१

एमाले: केन्द्रीय सदस्य मनोनयनको जिम्मा शीर्ष नेतालाई

हिमालखबर

नेकपा एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य पदमा मनोनयनका लागि पार्टीका शीर्ष नेतालाई जिम्मा दिने निर्णय गरेको छ ।

आन्तरिक गृहकार्य अपुग भएपछि ४ फागुनमा हुने भनिएको केन्द्रीय सदस्य मनोनयनसम्बन्धी निर्णय ६ फागुनमा हुने भएको हो ।

४ फागुन दिनभर बसेको स्थायी कमिटीको सातौँ बैठकमा केन्द्रीय कमिटीमा मनोनयनका लागि महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत नामावलीलाई शीर्ष नेताहरुले अन्तिम रुप दिने भएका हुन् ।

सूचीलाई अन्तिम रुप दिन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव पोखरेललाई जिम्मा दिने स्थायी कमिटीले निर्णय गरेको छ ।

यस्तै केन्द्रीय सदस्यको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी तोकिएको छ । स्थायी कमिटीको बैठक ६ फागुन मध्याह्न १२ बजे पुनः बस्ने महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>