समाचारमंगलबार, फाल्गुण ५, २०७१

कांग्रेस एमाले झुकेनन् भने अझैसशक्त अान्दाेलन: दाहाल

हिमालखबर

एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म ३० दलीय माेर्चाले गरेकाे शान्तिपूर्ण अान्दाेलनबाट कांग्रेस र एमाले झुकेनन् भने सशक्त अान्दाेलन गर्ने जनाएका छन् ।

क्रान्तिकारी पत्रकार संघ कास्कीले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मोर्चाले गर्ने थप सशक्त अान्दोलनपछि उत्पन्न परिस्थितिको जिम्मेवारी कांग्रेस एमालेले लिनुपर्ने बताए ।

बहुमतको भोटेताल्चा लगाएर वार्तामा बोलाउनुको कुनै अर्थ नहुने भन्दै दाहालले थपे,  “आन्दोलन रफ्तारमा अघि बढ्छ, जनताले गर्ने निर्णायक आन्दोलनका अगाडि कांग्रेस एमाले अन्तिममा झुक्नै पर्छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>