समाचारमंगलबार, फाल्गुण ५, २०७१
भाजपाकी उपाध्यक्ष रेणु देवीले भनिन्, ‘नेपाल हिन्दु राज्य छ र रहनेछ’
भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष रेणु देवीले जातीय संघीयतामा गए नेपाल टुक्रा टुक्रामा विभाजित भएर विनाश हुने बताएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै भारत जातीय संघीयताको विपक्षमा रहदै आएको स्पष्ट पार्दै नेपालको एकता, शान्ति र विकासका लागि जातीय संघीयता हुनै नहुने बताएकी हुन् ।
‘जातीयताका आधारमा संघीयतामा गए नेपाल टुक्रा टुक्रा हुन्छ, विनाश हुन्छ’ देवीले भनिन् । उनले जातका नाममा द्वन्द्व चर्काएर नेपाललाई फुटाउन खोजिएको बताइन् ।
नेपाललाई टुक्रा टुक्रा पार्न खोज्नेहरूको नियोजित उद्देश्य कहिले पूरा हुन नसक्ने बताइन् । नेपालको विनाश गर्न खोजिएको अवस्थामा भारत चुप लागेर नबस्ने देवीको भनाई थियो ।
नेपालको एकताका लागि सधै सहयोगी बनिरहने देवीले बताइन् । विभिन्न बहानामा नेपालको अखण्डतामाथि प्रहार भइरहेकाले सबैलाई सचेत रहन उनले आग्रह गरिन् ।

