समाचारमंगलबार, फाल्गुण ५, २०७१

प्रजातन्त्र दिवसमा सहभागी हुन सरकारको आह्वान

हिमालखबर

६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले ७ फागुनमा हुने प्रजातन्त्र दिवस कार्यक्रममा सहभागी हुन अाग्रह गरेकाे छ ।

समितिले समितिका सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको हाे ।

प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, युवा, मजदुर, किसा, महिला, सामाजिक सङ्घसंस्थासँग आबद्ध पदाधिकारी एवम् नागरिक समाज र उद्योग व्यवसायीका साथै सर्वसाधारण सबैलाई बिहान ८ः१५ बजे सहिदगेटमा जम्मा हुन पनि समितिले अनुरोध गरेको छ ।

समितिले जारी गरेको सूचनामा सहभागी हुन चाहने सबैलाई सहिदगेटमा जम्मा भई खिचापोखरी, जुद्धशम्शेरको सालिक, इन्द्रचोक, असन, भोटाहिटी, रत्नपार्क, विद्युत् प्राधिकरणको ढोका हुँदै सैनिक मञ्च पुग्न भनिएको छ ।

६, ७ र ८ फागुनमा आ–आफ्नो कार्यालय एवम् घर–घरमा साँझ दीपावली गरी ६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्य रुपमा मनाउन पनि समितिले आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>