समाचारमंगलबार, फाल्गुण ५, २०७१
चाँडै सहमति जुट्छ: उपप्रम गौतम
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले चार/पाँच महिनाभित्र संविधानका विवादित विषयमा सहमति जुट्ने बताएका छन् ।
महाशिवरात्रिका अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गरेको ‘महापरिवर्तनका लागि परमात्म शक्ति’ विषयक प्रवचनको समापन समारोहमा उनले मुलुकलाई शान्ति र समृद्धितर्फ लैजान सहमति र सहकार्यबाटै संविधान लेखनको काम पूरा गर्ने बताए ।
उनले भने, “नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म मान्नेहरुको बसोवास भएको देश हो, यस्तो देशमा शान्ति, समृद्धि र सद्भावको विकास गर्न शान्तिपूर्ण तरिकाले सहमति र वार्ताका आधारमा काम गर्नुपर्छ ।”
उनले धार्मिक क्षेत्रमा लागेका व्यक्तिहरुले पनि आन्दोलन, बन्द र हडताल भन्दा पनि सहमतिबाट संविधान जारी गर्न लगाउन शान्तिपूर्ण दबाब दिनुपर्ने बताए ।
