समाचारमंगलबार, फाल्गुण ५, २०७१
एमालेमा कार्यदलले निर्णय लिन सकेन
नेकपा एमालेकाे केन्द्रीय सदस्य मनाेनयन र जिम्मेवारी बाँडफाँड गर्न बसेकाे शीर्ष नेता सम्मलित कार्यदलले अाज कुनै पनि निर्णय लिन सकेन ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेकाे बैठकले निर्णय लिन नसकेपछि ६ फागुनसम्मलाई स्थगित गरिएकाे छ । भागवण्डाका आधारमा भन्दा पनि सहमति र समावेशी आधारमा कार्य विभाजन गर्न न्यूनतम् मापदण्ड बनाएर जिम्मेवारी तोक्न छलफल भएको पार्टी उपाध्यक्ष विद्या भण्डारीले बताइन् ।
कार्य विभाजन नहुँदा स्थायी समिति, पोलिटव्युरो र केन्द्रीय समितिमा रहेका नेताले जिम्मेवारी पाएका छैनन् । गत असारमा पार्टीको नवौ महाधिवेशन भएपनि नेताहरूले अघिल्लो महाधिवेशनमा भएकै कार्यविभाजनअनुसार काम गर्दै आएका छन् ।
