समाचारमंगलबार, फाल्गुण ५, २०७१

संसद् खुल्नासाथ अवराेध गरेर भएपनि शिक्षककाे माग पूरा हुन्छ: दाहाल

हिमालखबर

एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद्को सदन खुलेपछि अवरुद्ध गरेर भएपनि शिक्षकहरुकाे माग पूरा गरिदिने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले भने, “अस्थायी र राहत शिक्षक र कर्मचारीले भोग्नुपरेका समस्याको समाधान संसद् अवरुद्ध गरेर भए पनि सफल पार्छाैं ।”

उनले संघीयता, गणतन्त्र, संविधानसभा, समानुपातिकता र समावेशिताका विषय उठाउने शक्तिलाई अपनत्वबाट छुटाउने प्रयास गरिएको बताए । दाहालले शान्ति सम्झौताका सहयात्री दललाई बहुमतको तरबार घाँटीमा झुन्डाइदिएर देशको राष्ट्रिय राजनीतिलाई धरापमा पारिएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>