समाचारमंगलबार, फाल्गुण ५, २०७१

कांग्रेस, एमाले र एमाओवादीका युवा नेताहरुको बैठक

हिमालखबर

नयाँ संविधानका विवादित विषयमा दलहरुबीच बढेको दूरी घटाउने विकल्प खोज्न प्रमुख तीन दलका युवा नेताहरुको बैठक बसेको छ ।

शीर्ष नेताहरुबीच सम्वाद हुन नसकिरहेका बेला नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका युवा नेताहरुले सहमतिको पहल थालेका हुन् ।

शीर्ष नेतालाई सहमतिका लागि एक ठाउँमा राख्ने बातावरण बनाउनेबारे छलफल भएको बैठकमा सहभागी एमाले नेता रबिन्द्र अधिकारीले बताए ।

बैठकमा कांग्रेसका बालकृष्ण खाँड, नबिन्द्रराज जोशी, चन्द्र भण्डारी, गगन थापा, बद्री पाण्डे, विश्वप्रकाश शर्मा, एमालेका प्रदिप ज्ञवाली, शंकर पोखरेल, रबिन्द्र अधिकारी, भानुभक्त ढकाल, राजन भट्टराई र एमाओवादीका टोपबहादुर रायमाझी, बर्षमान पुन, शक्ति बस्नेत र गंगा श्रेष्ठ सहभागी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>