समाचारमंगलबार, फाल्गुण ५, २०७१
परिमाणमुखी वार्ता हुनुपर्ने: उपाध्यक्ष श्रेष्ठ
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माणको विषयमा परिमाणमुखी वार्ताका लागि सत्तापक्षले सुनिश्चित गरेमा आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन् ।
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनद्वारा ५ फागुनमा विराटनगरमा आयोजित संविधान निर्माणका चुनौति विषयक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले यसका लागि सत्तापक्षलाई चाँडोभन्दा चाँडो सार्थक वार्ताको वातावरण तयार गर्नसमेत आग्रह गरे ।
उनले वार्तालाई सार्थक बनाउन बहुमतीय प्रक्रियालाई रोकेर सहमतीय प्रक्रियामा जानुपर्ने सत्तापक्षबाट प्रतिवद्धता व्यक्त हुनुपर्ने धारणा राखेका थिए ।
उपाध्यक्ष श्रेष्ठले राजनीतिक दलहरुप्रति जनतामा अविश्वास बढ्दै गइरहेको भन्दै दलहरु लचिलो भएर वार्ता तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
