समाचारबुधबार, फाल्गुण ६, २०७१
कांग्रेसको महाधिवेशन भदौमा
संविधानसभाका प्रमुख दल नेपाली कांग्रेसले १३ औं महाधिवेशन आगामी भदौ पहिलो साता गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले १ देखि ५ भदौसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेसको १२ औं महाविधेवनको म्याद गत असोजमा सकिएको छ ।
विषेश परिस्थिति भन्दै महाधिवेशन सार्दै आएको कांग्रेसले फागुनसम्म सदस्यता वितरण र नविकरण सकेर साउनदेखि गाउँ, क्षेत्र र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । २ साउनमा गाउँ, ९ साउनमा क्षेत्र र १६ साउनमा जिल्ला अधिवेशन एकैपटक देशभर गर्ने निर्णय गरेको छ ।
