समाचारबुधबार, फाल्गुण ६, २०७१
बबरमहलमा सवारी दुर्घटनामा एकको मृत्यु

तस्वीर: रासस
काठमाडौंको बबरमहलमा बससँग मोटरसाइकल ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार एकजना मृत्यु भएको छ ।
बबरमहलबाट बानेश्वरतर्फ जाँदै गरेको मोटर साइकलले पैदलयात्रुलाई ठक्कर दिएर भाग्ने क्रममा टुरिष्ट बससँग ठोक्किाएको थियो ।
पैदलयात्रुालाई ठक्कर दिएर गलत दिशातर्फ भाग्दै गरेको मोटरसाइकल बससँग ठोक्किन पुगेपछि मोटरसाइकलमा सवार दुईजना घाइते भएकोमा मोटरसाइकलमा पछाडि बसेका धरानका प्रविण प्रधानको उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्करबाट घाइते दुईजनालाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो। दुर्घटनाका अर्का घाइते राजीव अधिकारीको उपचार भइरहेको छ ।
