समाचारबुधबार, फाल्गुण ६, २०७१

लाेकतन्त्रकाे उपलब्धी नै गुम्ने खतरा: प्रधामन्त्री

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले चाँडाे भन्दा चाँडाे संविधान जारी नगरिए लाेकतन्त्रकाे उपलब्धी नै गुम्ने खतरा अाएकाे बताएका छन् ।

मुलुक संघीय गणतन्त्रात्मक शासन प्रणालीको ऐतिहासिक रुपान्तरणको चरणमा रहेकाे र लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्न चाँडोभन्दा चाँडो संविधानसभाबाट संविधान जारी गर्नुपर्ने उनले बताए ।

नेपाल विश्व सम्बन्ध परिषद्को ६७ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान जारी भएसँगै विविध समुदाय, भाषा तथा संस्कृतिको पहिचान, समानता तथा समावेशिता सम्बन्धी विषय सम्बोधन हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>