समाचारबुधबार, फाल्गुण ६, २०७१
कांग्रेस महाधिवेशनको कार्यतालिका सार्वजनिक
नेपाली कांग्रेसले आगामी भदौमा गर्ने १३ औं राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार भदौको अन्तिम हप्ता काठमाडौंमा महाधिवेशन हुनेछ । जसका लागि नरहरी आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको सदस्यता छानविन समिति गठन गरिएको छ ।
कांग्रेसले अर्काे बैठक अागामी १० फागुनमा बाेलाएकाे छ ।
कार्यतालिकाको पूर्ण विवरणः-
(क) क्रियाशील सदस्यता छानविन समिति निम्न प्रकार गठन गरिएको छ ।
१. संयोजक — श्री नरहरि आचार्य
२. सदस्य — श्री रमेश लेखक
३. सदस्य — श्री रामकृष्ण यादव
समितिले निम्न प्रकार कार्य सम्पन्न गर्नेछ ।
- नयाँ क्रियाशील सदस्यता फारम र नवीकरण फारम २०७१ फागुन मसान्तभित्र पार्टीको विधान, नियमावली र मिति २०७१ असार २६ गतेको केन्द्रीय परिपत्रले निर्देशन गरे अनुरुप केन्द्रीय कार्यालयमा आइसक्नु पर्नेछ ।
- केन्द्रीय परिपत्र बमोजिम प्रक्रिया पूरा नभएका क्रियाशील सदस्यता आवेदन फारमले मान्यता पाउने छैन ।
- २०७१ फागुन मसान्तभित्र शुल्क सहित क्रियाशील सदस्यता (नयाँ र नवीकरण) आवेदन फारम केन्द्रमा नबुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन पाउने छैन ।
- क्रियाशील सदस्यता छानविन समितिले बाह्राै महाधिवेशनको कार्यविधिलाई अनुसरण गरी आवश्यक परेमा संशोधन समेत गर्न सक्नेछ ।
- क्रियाशील सदस्यता छानविन समितिले २०७२ वैशाख मसान्त भित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा देखिएका सम्पूर्ण विवाद टुंग्याई केन्द्रीय कार्यसमितिमा पेश गर्नु पर्नेछ ।
(ख) महाधिवेशनको कार्यतालिका सम्बन्धमा ।
- नगर वडा, गाउँ र नगर अधिवेशन २०७२ श्रावण १४ गते सम्पन्न गर्ने ।
- निर्वाचन क्षेत्रीय अधिवेशन २०७२ श्रावण २२ गते सम्पन्न गर्ने ।
- जिल्ला अधिवेशन २०७२ श्रावण २६ गते सम्पन्न गर्ने ।
- नेपाली कांग्रेसको तेह्राै महाधिवेशन २०७२ भाद्र २४, २५, २६, २७ र २८ गते काठमाडौँमा सम्पन्न गर्ने ।
