समाचारबुधबार, फाल्गुण ६, २०७१
पूर्वराजा ज्ञानेन्द्रले मुख खाेले, ‘मसँग भएको सहमति कार्यान्वयन गर’
पूर्व राजा ज्ञानेन्द्र शाहले नौ बर्षअघि दलहरुले आफूसँग गरेको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
६५ औं प्रजातन्त्र दिवसको अवसरमा बक्तव्य जारी गर्दै उनले मुलुकको दीगो शान्ति, स्थायित्व र समृद्धिका लागि आफू र दलहरुबीच भएको सहमति कार्यान्वय गर्नुपर्ने उल्लेख गरेका छन् ।
शाहले लेखेका छन्, ‘‘राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवं व्यवस्थापकीय गतिविधि भएका थिए तिनको स्मरण र अनुसरण गर्दै त्यसलाई सही रुपले कार्यान्वयनमा ल्याई मुलुकलाई दीगो शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकेमा नै आजको पुनित दिवसको सार्थकता रहन्छ ।’’
यद्यपी पूर्वराजा शाहले दलहरुसँग के सहमति भएको थियो भन्ने चाँही खुलाएका छैनन् । उनले ७ फागुनको प्रजातन्त्र दिवसका लागि ६ फागुनमा बक्तव्य तयार पारेका हुन् ।
