समाचारबिहीबार, फाल्गुण ७, २०७१
संविधान ल्याउन सकिए आन्दोलनको सापेक्षिक पूर्णता: अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिए लोकतन्त्रले सापेक्षित पूर्णता पाउने बताएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा अध्यक्ष ओलीले दिएकाे सन्देशमा मुलुक राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय, आर्थिक समृद्धि एवम् राष्ट्रियतालाई अझ सबल र सुदृढ गर्ने महत्वपूर्ण बिन्दुमा रहेको बताए ।
उनले लोकतान्त्रिक संविधान ल्याउनु नै नेपाललाई समृद्धि प्राप्तिको जीवन उत्सर्ग गर्ने प्रातःस्मरणीय सहिदहरूप्रति साँचो श्रद्धाञ्जलि हुने उल्लेख गरे ।
