समाचारबिहीबार, फाल्गुण ७, २०७१

शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप

हिमालखबर

काठमाडाैंकाे भद्रकाली अगाडि भएकाे शान्तिपूर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रजातन्त्रको वास्तविक अनुभूतिका लागि आफ्नाे सरोकार सम्बोधनकाे माग गर्दै द्वन्द्वपीडित, शहीद, बेपत्ता एवम् घाइते परिवारले गरेकाे धर्नामा प्रहरीले हस्तक्षेप गरेकाे हाे । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा भएको शान्तिपूर्ण धर्नाबाट प्रहरीले जेबी धौलाकोटी र यमबहादुर टमाटालाई गिरफ्तार गरेको छ ।

द्वन्द्वपीडित, सहिद, बेपत्ता एवम् घाइते परिवार सरोकार समितिले जनताले प्रजातन्त्रको अनुभूति र उपभोग गर्न नपाएको तथा विभिन्न आन्दोलनमा योगदान पुर्‍याएकाहरुप्रति राज्य पूर्णतः उदासीन भएकोे बताउँदै धर्नामा उत्रिन बाध्य भएको जनाएको छ ।

समितिले गिरफ्तार गरिएकाहरुको रिहाइ्को माग गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>