समाचारबिहीबार, फाल्गुण ७, २०७१
कांग्रेस र एमालेले ४७ सालकाे संविधान ल्याउन खाेज्याे: भट्टराई
एमाअाेवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमाले २०४७ सालको संविधान ल्याउन खाेजिरहेकाे बताएका छन् ।
नवलपरासीमा उनले, “कांग्रेस र एमाले नयाँ ढंगले ४७ सालकाे संविधान थोपर्न खोजिरहेकाे छ ।” भट्टराईले सहमतिमा संविधान बन्नुपर्नेमा जोड दिँदै सहमतिका लागि दबाब दिन आगामी १६ फागुनपछि चरणबद्ध आन्दोलनमा उत्रिने बताए ।
उनले नेपालमा बसोबास गर्ने मधेशी, दलित, जनजाति, धर्मसंस्कृत, भाषभाषी, महिलालगायतको अधिकार सुनिश्चित हुने खालको नयाँ संविधान आउनुपर्ने बताए ।
