समाचारमंगलबार, कार्तिक ७, २०६९
राजदेवीलाई एकैरातमा पन्ध्र हजार बोका चढाइयो
राजदेवी मन्दिरको पूजा व्यवस्थापन गर्दै आइरहेको स्थानीय महावीर युवा कमिटीले दिएको जानकारीअनुसार महाअष्टमीको राति यस वर्ष सरकारी कार्यालयहरु बाहेक करिब १५ हजार बोका बली दिइएको छ ।
जनकपुरको प्रमुख शक्तिपीठ मानिएको राजदेवी मन्दिरमा ६ कार्तिक राति ८ बजेबाट शुरु भएको बोका बलि ७ कार्तिक बिहान साढे ६ बजेसम्म चलेको थियो । अन्य शक्तिपीठहरुमा दिउँसै बलि चढाउने गरिए पनि जनकपुरको राजदेवी मन्दिरमा भने महाअष्टमीको राति बोका बलि दिने परम्परा रहेको छ ।
बलि चढाउनका लागिे धनुषा महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाबाहेक भारतका बिभिन्न जिल्लाहरूबाट समेत भक्तहरु आउने गरेका छन् । मन्दिर व्यवस्थापनका लाग रातैभरी तीन सयभन्दा धेरै स्वयम् सेवकहरु परिचालित थिए ।
