समाचारमंगलबार, कार्तिक ७, २०६९
बलि चढाइएका पशुको स्वर्गबासको कामना
दशैंका बेला विभिन्न शक्तिपीठहरुमा बलिका रुपमा चढाइएका पशुहरुको स्वर्गमा बास् होस भन्ने कामना गर्दै जिल्लाको किउल, हेलम्बुलगायत गाविसको तोहोत्सा, तार्केघ्याङ, घोचेलिङ लगायतका गुम्बाहरुमा ह्योल्मो समुदायका मानिसहरु भेला भएर न्यूङ्ने अर्थात् ४२ घण्टा भोकै र ३४ घण्टा नबोली तथा ब्रतसँगै पूजापाठ गरेका हुन् ।
बिशेष गरि यो व्रत बस्दा दशैंमा भोग चढाइएका पशुहरुलगायत सबै प्राणीको देवलोकमा जन्म होओस भन्ने कामना गर्दै अवलोकेश्वरको मन्त्रोचरण गरिन्छ।
त्यस्तै नवमी बेलुकादेखि विभिन्न जीवजन्तुहरुको सुस्वास्थ्य एवं दिर्घायुको कामना गर्दै हिमाली गाउँहरुमा दशैं टिका पूजा सुरु भएको किउलबाट दोर्जे ह्योल्मोले जानकारी दिए । रेडियो नमोबुद्ध, काभ्रेपलाञ्चोकको सहयोगमा
