समाचारशुक्रबार, फाल्गुण ८, २०७१

आन्दोलनमा नहिंडे सदस्यता खारेज हुन्छः सिंह, आन्दोलनमा सहभागिता स्वेच्छिक होःरायमाझी

हिमालखबर

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले 'समानान्तर सत्ता' चलाउने धम्की दिंदै २९ माघमा काठमाडौंमा सार्वजनिक गरेको लाठी सहितको दस्ता।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले ‘समानान्तर सत्ता’ चलाउने धम्की दिंदै २९ माघमा काठमाडौंमा सार्वजनिक गरेको लाठी सहितको दस्ता।

संविधानसभाले अघि बढाएको प्रक्रियालाई स्थगित गरेर सहमतिमा संविधान बनाउनुपर्ने मागसहित आन्दोलनरत ३० दलीय मोर्चाले १६ फागुनको आमसभामा सहभागी नहुने कार्यकर्तालाई कार्बाही गर्ने भएको छ ।

"आन्दोलनमा आउने कार्यकर्ताहरुले यातायात र काठमाडौंमा बस्ने व्यवस्था आफैं गर्नुपर्नेछ ।" -प्रेमबहादुर सिंह

“आन्दोलनमा आउने कार्यकर्ताहरुले यातायात र काठमाडौंमा बस्ने व्यवस्था आफैं गर्नुपर्नेछ ।”
-प्रेमबहादुर सिंह

५ माघमा संविधानसभाभित्रै तोडफोडमा उत्रिएको एमाओवादीसहितको मोर्चाले १६ फागुनमा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । उक्त प्रदर्शनबाट मोर्चाको राजनीतिक भविष्य निर्धारण हुने भएकाले अनिवार्य सहभागी हुन कार्यकर्तालाई निर्देशन दिइएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।

उनले भने, ‘‘पार्टीले आयोजना गरेको कार्यक्रममा नआउने कार्यकर्तालाई कार्वाही हुन्छ ।’’ सिंहले विदेशमा रहेका कार्यकर्तालाई समेत आन्दोलनमा बोलाइएको बताए ।

मोर्चाले पार्टी, जनवर्गीय/भातृ संगठन, पेशागत संगठन, सम्पर्क मञ्चलगायत सवै संगठनमा आवद्ध कार्यकर्तालाई आन्दोलनमा आउन आह्वान गरेको छ ।

सिंहले भने, ‘‘अरु जनतालाई बोलाइएको होइन, पार्टीको निर्णय अनुसार कार्यकर्ताले खर्चको जोहो आफैं गर्नुपर्छ ।’’ पार्टीको लागि ज्यान दिन तयार कार्यकर्ताहरुले आन्दोलनमा कोहीसँग चन्दा उठाएर खर्चको व्यवस्था नगर्ने उनले हिमालखबरलाई बताए ।

मोर्चाको नेतृत्व गरेको एमाओवादीले आन्दोलनमा नहिड्ने कार्यकर्ताको सदस्यता नै खारेज गर्ने निर्णय गरिसकेको छ । १८ माघको केन्द्रीय कमिटीको बैठकले गरेको यो निर्णयलाई जिल्ला र स्थानीय तहसम्म सर्कुलेसन गरिसकेको एमाओवादीका एक नेताले बताए ।

‘‘आन्दोलन स्वेच्छिक हो, नआउने कार्यकर्ताको सदस्यता खारेज गर्ने भन्ने हुदैन ।’’ -टाेपबहादुर रायमाझी, एमाअाेवादी नेता

‘‘आन्दोलन स्वेच्छिक हो, नआउने कार्यकर्ताको सदस्यता खारेज गर्ने भन्ने हुदैन ।’’
-टाेपबहादुर रायमाझी, एमाअाेवादी नेता

उनका अनुसार पार्टीको सदस्यता लिएका सवैलाई अनिवार्य आन्दोलनमा हिड्न निर्देशन दिइएको छ । तर, उपत्यका बाहिरका कार्यकर्ता काठमाडौं आउने संभावना देखिदैन । एमाओवादी भोजपुरका अध्यक्ष सुदन राईले प्रतिनिधिमुलक कार्यकर्ता मात्रै काठमाडौंको शक्ति प्रदर्शनमा जाने तयारी भइरहेको बताए ।

एमाओवादीका सचिव टोपबहादुर रायमाझीले भने आन्दोलनमा नआउने कार्यकर्ताको सदस्यता खारेज नहुने बताए । उनले भने, ‘‘आन्दोलन स्वेच्छिक हो, नआउने कार्यकर्ताको सदस्यता खारेज गर्ने भन्ने हुदैन ।’’

९ फागुनमा देशभर जिल्लास्तरीय सभा आयोजना गरेको मोर्चाले १६ फागुनको शक्ति प्रदर्शनबाट कांग्रेस एमालेलाई घुडा टेकाउने चेतावनी दिदै आएको छ । गत २० भदौदेखि आन्दोलन थालेको एमाओवादी मोर्चाले १६ फागुनको शक्ति प्रदर्शनबाट पनि माग पूरा नभए अर्काे चरणमा निर्णायक आन्दोलन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>