समाचारशुक्रबार, फाल्गुण ८, २०७१

प्रदेशको नाम र संख्यामा लचिलो हुन सक्छौँ: श्रेष्ठ

हिमालखबर

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तापक्षीय दलहरुले वार्ताको वातावरण बनाए आन्दोलनरत दलहरु पहिचानको मुद्दामा पनि लचिलो हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घले ८ फागुनमा धनकुटामा गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष श्रेष्ठले कांग्रेस-एमालेले बहुमतीय प्रक्रिया रोकेमा आन्दोलनरत दलहरु पहिचानको मुद्दामा लचकतासहित तत्काल वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

दुवै पक्ष लचक भएमा सहमतिको वातावरण बन्ने उनको भनाइ थियो । बहुमतीय प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिए सङ्घीयताको मुद्दामा प्रदेशको नाम र सङ्ख्या दुवैमा आन्दोलनरत पक्ष लचकता अपनाउन तयार गरेको उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>