समाचारशनिबार, फाल्गुण ९, २०७१
ज्यानको खतरा कसलाई कमरेड ?: दीपकराज गिरी
हास्य कलाकार दीपकराज गिरीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ज्यानको खतरा धेरैलाई भएको प्रतिक्रिया दिएका छन् ।
एक दिनअघि एमाओवादी अध्यक्ष दाहालले आफूलाई ज्यानको खतरा भएको बताएका थिए ।
गिरीले सामाजिक सञ्जलामा भनेका छन्, “भिआईपी सुरक्षामा हुनेलाई आफ्नो ज्यानको खतरा लाग्छ भने सर्वसाधारणको अवस्था के होला ?”
उनले एमाओवादीले शुरु गरेको युद्धमा हजारौंले ज्यान गुमाएको र अब जातीय राज्यको कुराले फेरि थुप्रैको ज्यान जाने हो की भन्ने चिन्ता व्यक्त गरेका छन् ।
