समाचारशनिबार, फाल्गुण ९, २०७१

नेपाल टेलिभिजनका महाप्रबन्धक हुमागाईंलाई निलम्बन गर्न सिफारिस

हिमालखबर

laxman_1378805143

लक्ष्मण हुमागाईं

नेपाल टेलिभिजन सञ्चालक समितिले महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई निलम्बन सिफारिस गरेको छ ।

फर्जी कागजात पेश गर्ने विज्ञापन एजेन्सीसँग करोडौंको कारोबार गरेको अभियोगमा बैठकले हुमागाईंलाई निलम्बन सिफारिस र आर्थिक प्रशासन महाशाखा प्रमुख राजनकुमार श्रेष्ठ र आय लेखा शाखा प्रमुख पवनकुमार मान्डव्यलाई निलम्बन गरेको हो ।

महाप्रबन्धकलाई भने मन्त्रालयले मात्रै निलम्बन गर्न मिल्ने भएकाले बोर्डले सिफारिसमात्रै गरेको हो ।

टेलिभिजनसँग उधारो कारोबारका लागि रु. ५ करोड ८६ लाखको नक्कली बैंक ग्यारेन्टी पेस गरेको आरोपमा प्रहरीले विज्ञापन व्यवसायी दिनेश श्रेष्ठलाई पक्राउ गरेलगत्तै टेलिभिजन सञ्चालक समितिले महाप्रबन्धकलाई कारबाही गरेको हो ।

श्रेष्ठ सञ्चालक रहेको वल्र्ड भिजन एडभर्टाइजिङ एण्ड वल्र्ड भिजन मिडिया बाईङ हाउस प्रालीले नक्कली कागजात पेस गरेको भेटिएको हो ।

टेलिभिजन सञ्चालक समितिका अध्यक्ष नीर शाहले संस्थानलाई आर्थिक नोक्सानी हुने गतिविधि भएकाले महाप्रवन्धक लगायतलाई निलम्बन गरिएको बताए ।

टेलिभिजनले घटनाको अध्ययनका लागि बोर्ड सदस्य एवं सञ्चार मन्त्रालयका उपसचिव भुवन आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>