समाचारआइतबार, फाल्गुण १०, २०७१
दाहाललाई को बाट असुरक्षा हो जानकारी देऊः गृहमन्त्रालय
गृहमन्त्रालयले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू उपर भौतिक आक्रमण हुनसक्ने भन्दै दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दाहालले भने अनुसार उनलाई को बाट कस्तो असुरक्षा भएको सो बारेको सूचना उपलब्ध गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, “उहाँले आफू उपर कुनै किसिमको असुरक्षा हुन सक्ने बारेमा प्राप्त गर्नु भएको सूचना वा त्यसको स्रोतको बारेमा नेपाल सरकारलाई जानकारी गराई सहयोग गर्नुहुन सादर अनुरोध गरिन्छ ।”
अहिले पनि दाहाललाई उच्चस्तरको सुरक्षा सुविधा उपलब्ध गराइएको भन्दै मन्त्रालयले उनीमाथि हुनसक्ने सुरक्षा खतारको थप विश्लेषण गरी आवश्यक सबै सुरक्षा उपलब्ध गराउने भएको हुँदा दाहालको सुरक्षा प्रति विश्वस्त हुन सबैलाई आग्रह गरेको छ ।
गृहमन्त्रालयको विज्ञप्ति:

