समाचारआइतबार, फाल्गुण १०, २०७१

माधव नेपाल अनुपस्थित भएपनि एमाले बैठक बस्यो

हिमालखबर

नेकपा एमालेको स्थायी कमिटी बैठक मुख्यालय बल्खुमा बसिरहेको छ ।

केन्द्रिय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि ६ फागुनमा स्थगित भएको बैठक १२ बजेदेखि बसिरहेको हो । बैठकले केन्द्रिय मनोनयन र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीका स्वकिय सचिव रमेश आचार्यले बताए ।

यसअघि बरिष्ठ नेता माधवकुमार नेपाल रौतहट गएपछि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा पनि नेपाल अनुपस्थित छन् । उनी कञ्चनपुरमा आयोजित भूमीहिनको कार्यक्रममा गएका छन् ।

नेपालले आज बोलाइएको बैठक स्थगित गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । ८ महीनाअघि एमालेको महाधिवेशन सकिएपनि केन्द्रिय सदस्य मनोनयन र जिम्मेवारी बाँडफाँड हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>