समाचारआइतबार, फाल्गुण १०, २०७१
कांग्रेस धम्कीसँग डराउदैनः प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले नेपाली कांग्रेस कसैकाे धम्कीबाट नडराउने बताएका छन् ।
धादिङमा १० फागुनमा अायाेजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री काेइरालाले कांग्रेसले संविधान ल्याउनका लागि लामो समयदेखि संघर्ष गर्दै आएकाले कसैले अान्दाेलनकाे धम्की दिंदैमा अाफू र आफ्नो दल नडराउने बताएका हुन् ।
उनले जतिसुकै ठूलो मूल्य चुकाएर भए पनि लोकतान्त्रिक संविधान जारी गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
सबै पक्षको सहमतिमा संविधान जारी गर्ने प्रतिबद्धता गरिए पनि साझा सहमति बन्न नसक्दा ८ माघमा संविधान जारी गर्न नसकेको प्रधानमन्त्रीको भनाई थियो ।
