समाचारसोमबार, फाल्गुण ११, २०७१

प्रमबाट प्रक्रिया रोक्ने प्रतिबद्धता आएन: दाहाल

हिमालखबर

dahalएमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि दुईपटक आह्वान गरे पनि बहुमतीय प्रक्रिया रोक्ने कुनै प्रतिबद्धता नजनाएका कारण वार्ता अगाडि बढ्न नसकेको बताएका छन् ।

ललितपुरको खन्ना गार्मेन्टमा ११ फागुनमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले वार्ताका लागि प्रधानमन्त्रीले देखाएको जस्तै सक्रियता संस्थागत रुपमा नेपाली कांग्रेस र नेकपा एमालेले पनि देखाउनुपर्नेमा जोड दिए ।

संविधान लेखन प्रक्रिया बहुमतको आधारमा अगाडि बढेको इतिहास कतै पनि नभएको दाबी गर्दै
उनले बहुमतीय प्रक्रिया रोकेर सहमतिको आधारमा अगाडि बढ्ने विश्वासिलो प्रतिबद्धता आएमात्र आफूहरूले संवाद गर्ने बताए ।

आन्दोलन आफूहरूका लागि बाध्यता बनेको उल्लेख गर्दै उनले विगतका सहमति र सम्झौता मान्दैनौँ र चिन्दैनौँ भन्ने सत्तारुढ दलको प्रवृत्ति मुलुक र जनताको हितमा नरहेको भनेका थिए ।

प्रमुख दलहरूबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता नै संविधान निर्माणको आधार भएको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>