समाचारसोमबार, फाल्गुण ११, २०७१

नेपालको नक्सा बिगार्न दिन्नौंः ओली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्खाहरुको बलिदानबाट बनेको नेपालको नक्सा बिग्रन नदिने बताएका छन् ।

११ फागुनमा ६४ औं जन्मदिवस मनाउने क्रममा पत्रकारहरुसँग कुरा गर्दै ओलीले मुलुकको अखण्डतालाई ध्यान दिएर नयाँ संविधान जारी हुने बताए । उनले भने, ‘‘संविधान नआउने कारण छैन । केही शक्ति भ्रम फैलाइरहेका छन्, त्यतातिर नलाग्नुहोला ।’’

उनले बाराको घटनामा पनि भ्रम फैलाउने शक्तिहरुकै कारण भइरहेको बताए । पुर्खाहरुले मान्दै आएको संस्कृतिलाई भत्काउन नहुने ओलीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>