समाचारसोमबार, फाल्गुण ११, २०७१

कांग्रेस बैठकः कार्वाही फुकुवा

हिमालखबर

nepali-Congress_20130418071320नेपाली कांग्रेसले गत संविधानसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदावरी दिने र तीनका प्रस्तावक समर्थक बाहेक अन्य सबैको कार्वाही फुकुवा गरेको छ ।

११ फागुनमा बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले केन्द्रीय अनुशासन समितिको कारवाहीमा परी विभिन्न सजाय पाएका र त्यसउपर केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिएकाहरुमध्ये बागी उम्मेदावरी दिएका व्यक्ति र तिनका प्रस्तावक समर्थक बाहेकका पुनरावेदन सदस्यहरुको कारवाही फुकुवा गरेको हो ।

त्यसैगरी बैठकमा संविधान निर्माण र मोर्चासँगको वार्ता सम्बन्धमा छलफल भएको थियो ।

नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन सम्बन्धमा समेत छलफल भएको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>