समाचारमंगलबार, फाल्गुण १२, २०७१

विश्वकपमा क्रिस गेलले बनाए दोहोरो शतकको कीर्तिमान

हिमालखबर

chris_gayle_624x351_reutersविश्वकप २०१५ अन्तरगत १२ फागुनमा जिम्बाबेविरुद्ध भएको खेलमा वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले दोहोरो शतकको विश्व कीर्तिमान बनाएका छन् ।

क्यानबेरामा जारी खेलमा गेलले १४७ बल खेल्दैे १६ छक्का र १० चौकाको मद्दतले २१५ रन बनाए ।

वेष्ट इन्डिजले जिम्बाबेलाई जारी विश्वकपको सबैभन्दा बढी रन ३७३ को लक्ष्य दिएको छ ।

पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजका डिआर स्मिथ २ बल खेल्दै रन नजोडी पेभेलियन फर्केपछि आएका मार्लोन स्यामुअलसँग गेलले सर्वाधिक रनको साझेदारी पनि गरे ।

स्यामुअलले पनि शतक बनाएका छन् । उनले १५६ बल खेल्दै १३३ रन बनाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>