समाचारमंगलबार, फाल्गुण १२, २०७१
राजेन्द्र क्षेत्री रथीमा बढुवा
मन्त्रिपरिषदले उपरथी राजेन्द्रबहादुर क्षेत्रीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवासँगै क्षेत्रीलाई प्रधानसेनापति बन्ने बाटो खुलेको छ । प्रधानसेनापति गौरव शमसेर राणाले आगामी २२ भदौमा अवकाश पाएलगत्तै क्षेत्री प्रधानसेनापति बन्नेछन् ।
बरिष्ठ बलाध्यक्ष रथी प्रदिपविक्रम राणाले जेठमै अवकाश पाउने भएपछि क्षेत्री प्रधानसेनापति बन्ने भएका हुन् ।
यस्तै, १२ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले बरिष्ठ संगीतकार अम्बर गुरुङको उपचार खर्च सवै वेहोर्ने निर्णय गरेको छ । बैठकले गर्भनर छनौट नर्ग अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ भने कानुन आयोगको रिक्त सदस्यमा दुर्गाप्रसाद अर्याल, बलबहादुर राई र विजय अर्याललाई नियुक्त गरेको छ ।
यस्तै, खुला विश्वविद्यालय पूर्वाधार विकास सिमतिमा राजेश अग्रवाल, उच्च स्तरीय प्रशासन सुझाव कार्यदल समितिमा काशीराज दाहाल र उदयपुर सिमेन्ट उद्योगमा सुरेन्द्र पाण्डेलाई नियुक्त गरेको छ ।
