समाचारमंगलबार, फाल्गुण १२, २०७१

वाईसीएलको लाठी सर्वसाधारणमाथि

हिमालखबर

pahilopostएमाओवादीले १२ फागुनमा काठमाडौँमा प्रदर्शन गरेको लाठी जुलुसका सहभागीले सडकमा हिंड्ने सर्वसाधारणमाथि कुटपिट गरेका छन् ।

टाउकोमा ‘वाईसीएल स्वयम् सेवक’ लेखिएको टोपी लगाएर  ‘आदेश देऊ प्रचण्ड…’ भन्दै नाराबाजी गरिरहेका युवाहरुले राजधानीको भद्रकालीमा मोटरसाइकलमा सवार सर्वसाधरणमाथि लाठी साथै लात्ती समेत प्रहार गरेका हुन् ।

भृकुटी मण्डपबाट शुरु भई भद्रकाली तर्फ लागेको जुलुसका सहभागीले जुलुसको छेउँबाट मोटरसाइकल अघि बढाउँदै गरेका एक जनालाई शुरुमा कुटपिट गरेपछि अन्यलाई पनि लाठी र लात्तीले हिर्काउँदै हिंडेका थिए ।

माओवादीका पूर्व लडाकुहरु सम्मिलित वाईसीएलको ‘आतंक’ ऊ शान्ति प्रक्रियामा आउनेक्रममा निकै बढेको थियो । एमाओवादी संविधानसभा छोडेर सडकमा उत्रिएपछि यसअघि सुषुप्त जस्तो देखिएको वाईसीएललाई फेरि सक्रिय बनाउँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>