समाचारबुधबार, फाल्गुण १३, २०७१
सुशील काेइराला फेरि सभापतिः सुजाता
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनबाट फेरि पनि सुशील काेइराला सभापति बन्ने बताएकी छिन् ।
उनले विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम अायाेजना गर्दै सुशील काेइरालाले अागामी महाधिवेशनमा सभापतिमा उमेद्वारी दिने बताइन् । उनले भनिन्, “तपाईहरुलाई विश्वास दिलाउछु सुशील काेइराला फेरि पनि सभापति हुनुहुन्छ ।”
काेइरालाले अाफुले काेषाध्यक्षदेखि उपसभापतिसम्म कुनै एक पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरिन् । उनले अहिलेकै सरकारले संविधान जारी गर्ने बताइन् ।
