समाचारबुधबार, फाल्गुण १३, २०७१
सहमतिमा नयाँ संविधानः राष्ट्रपति
राष्ट्रपति रामवरण यादवले मुख्य राजनीतिक दलले राष्ट्रको सर्वोत्तम हितलाई ध्यानमा राखेर वार्ता मार्फत् सहमति गरी नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् ।
सिराहामा अायाेजित कार्क्रममा उनले सबै विषयमा सहमति गरिसकेका राजनीतिक दलहरुले बाँकी रहेको संघीयताको विवाद पनि राष्ट्रको हितलाई केन्द्रमा राखेर सहमतिको संविधान जारी गर्नुपर्ने बताए । “मुलुकको विकास निर्माण र प्रगतिको लागि सहमतिको संविधानको विकल्प छैन”, राष्ट्रपति यादवले भने, “राजनीतिक दलहरुले छिटो भन्दा छिटो वार्ता गरेर विवाद टुंग्याई नयाँ संविधान जारी गर्नुपर्छ ।”
उनले संवैधानिक परिषद्, लोकसेवा आयोग, विश्वविद्यालयका पदाधिकारी राजनीतिक भागवण्डामा होइन योग्य, इमान्दार र क्षमता भएका व्यक्तिलाई नियुक्त गरी मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताए ।
