समाचारबिहीबार, फाल्गुण १४, २०७१
सुशील र केपी कुरा बुझ्नु हुन्नः भट्टराई
एमाओवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुरा नबुझेको बताएका छन् ।
१४ फागुनमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले शान्ति सम्झौता र १२ बुँदे समझदारीबारे कोइराला र ओलीले कुरा नबुझेको बताए । भट्टराईले भने, ‘‘उहाँहरु कुरा बुझ्नुहुन्न । कसले बुझाइदिने ?’’
भट्टराईले पश्चिम भ्रमणका क्रममा जनतामा निराशा देखिएको बताए । उनले भने, ‘‘गाउँगाउँमा भूसमा आगो सल्किएको छ ।’’ उनले आन्दोलनबाटै कांग्रेस र एमालेलाई ठेगान लगाउने बताए ।
