समाचारबिहीबार, फाल्गुण १४, २०७१

एमाअाेवादीलाई संविधानसभा छाेड्न वैद्यकाे अाग्रह

हिमालखबर

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एमाअाेवादी नेतृत्वको तीस दलीय मोर्चासँग संयुक्त आन्दोलनका लागि छलफल चलिरहेको बताएका छन् ।

सहिद सप्ताहको अवसरमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था, नयाँ संविधान र दलित मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादी मोर्चालाई संविधान छाडेर सडकमा आउन आग्रह गरे ।

उनले राजनीतिक क्रान्ति पुरा भइनसकेकाले क्रान्तिलाई पूरा गर्न आ–आफ्नो गल्ती स्वीकारेर सबै माओवादी एक ठाँउमा आउनुपर्ने बताए । उनले बहुमतको बलमा संविधान लेखिए पनि त्यो टिकाउन नहुने दावी गर्दै राष्ट्रिय राजनीतिक सभाबाटै समस्याको समाधान खोज्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>